FAQs Complain Problems

टोल फ्रि नम्बर वारे सूचना

पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, लकडाउनले जोखिममा परेका समुदायको समस्या लगायत नगरवासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टिम पनि बनाइएको छ । यो टोल फ्रि नम्बर ११८१ मा कार्यालय समयमा फोन गरेर गुनासो टिपाउन र कोरोना महामारीलाई रोकथाम गर्न रचनात्मक सुझाव पनि दिन सकिने छ ।

पोखरा महानगरपालिकाले राहत कोष स्थापना गरी लकडाउनको बेला समस्यामा परेका अति विपन्न र दैनिक ज्यालामजदुरी गर्नेहरुलाई राहत वितरण गरेको छ भने उक्त राहत कोषमा सहयोग गर्न इच्छुक व्यक्ति वा संघ संस्थाले टोल फ्रि नम्बर फोन गर्न सकिनेछ । समस्यामा परेका व्यक्तिहरुको उद्धार गर्नुपरेमा पनि ११८१ नम्बरमा फोन गरेर जानकारी दिन सकिने महानगरपालिकाले बताएको छ ।

आर्थिक वर्ष: