FAQs Complain Problems

महानगरपालिकामा सिस्टम अडिट सुरु

पोखरा लेखनाथ महानगरपालिकाले आफ्नो कर तथा लेखा प्रणालीमा प्रयोग हुँदै आएको सफ्टवेयर प्रणालीमाथि सिस्टम अडिट शुरु गरिएको छ । कर असुलीमा एकरुपता ल्याउन अडिट शुरु गरिएको हो ।

महानगरको लेखा तथा राजश्वमा हाल युजिडिपी र सांग्रिलाको सफ्टवेयर सञ्चालनमा छ ।  सफ्टवेयरको अडिट अवधि नब्बे दिनको रहनेछ र उक्त अवधिभित्रै प्रतिवेदन महानगरमा बुझाउने गरि कार्य आरम्भ गरिएको सिस्टम अडिटको जिम्मेवारी दिएको छ । महानगरको कार्यपालिका बैठकले सिस्टम अडिट गर्ने विषयमा गत फागुनमा नै निर्णय गरेको हो ।

सिस्टम अडिटमा महानगरको फोकल पर्सनका रुपमा उपसचिव मोहन बहादुर थापा, सम्वन्धित लेखा तथा राजश्व शाखा रहनेछ।

आर्थिक वर्ष: