फाेहर व्यवस्थापन सहज बनाउन छलफल

माघ १०, पोखरा
फाेहरमैला ब्यवस्थापनलाइ लिएर पटक-पटक गुनासाे अाउन थालेपछि ठाेस र प्रभावकारी कार्यान्वयनका लागि पाेखरा उप-महानगरपालिका कार्यालयले सराेकारवालाहरुका विचमा छलफल शुरु गरेकाे छ ।
साेमबार पाेखरा उप-महानगरपालिका कार्यालयकाे सभाहलमा सम्पन्न छलफलमा हाल उप-महानगरपालिकासंगकाे साझेदारीमा फाेहरमैला व्यवस्थापन गर्दै अाएका साझेदारहरु, नागरिक निगरानी समूह, नागरिक समाज, वडा नागरिक मञ्च, टाेल विकास संस्था समन्वय समिती, नगर महिला समन्वय समिती र अन्य सराेकारवालाहरुकाे उपस्थिति थियाे ।
कार्यक्रममा पाेखरा उप-महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले हाल कार्य गर्दै अाएका साझेदारहरुकाे कार्य सन्तोषजनक रहेपनि यसैमा सन्तुष्ट हुन नसकिने बताए । पोखरालाइ सुन्दर बनाउन मनैदेखि दत्तचित्त भएर सवैले मेहनत गर्नुपर्ने उनकाे धारणा थियाे । फाेहरमैला व्यवस्थापनमा हाल प्रयाेग भइरहेका सवारीहरु पुराना भइ धेरै समय मर्मतमा बस्ने भएका कारणपनि ब्यवस्थापन प्रभावित बनेकाे उनकाे भनाइ छ । साथै उनले अबका केही दिनमै फाेहर ब्यवस्थापनकाे तालिका सार्वजनिक गरिने तथा तालिका अनुरुप नै फाेहर ब्यवस्थापन गर्ने ब्यवस्था मिलाइने बताए । जसका लागि एक छुट्टै अनुगमन समिती गठन गरि अनुगमन गरिने, अनुगमनमा तालिका अनुरुप कार्य भएकाे नपाइएमा तत्काल कारवाही समेत गरिने बताए ।
कार्यक्रममा सहभागीहरुले फाेहर ब्यवस्थापन प्रभावकारी बनाउन उप-महानगरपालिका एक्लैकाे प्रयास सम्भव नहुने हुँदा अा-अाफ्नाे क्षेत्रबाट सवैले लाग्नुपर्ने धारणा राखेका थिए ।