स्थानिय एेन मस्याैदा विधेयक अन्तरक्रिया कार्यक्रम पाेखरामा

माघ १०, पोखरा
स्थानिय ऐन मस्यौदा विधेयक अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघको आयोजना तथा पोखरा उप–महानगरपालिका कार्यालयको संयोजनमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनीधि, शिक्षाविद्, समाजसेवी, पत्रकार, कानुनविद्, विभिन्न छिमेकी जिल्लाका स्थानिय विकास अधिकारी तथा कार्यकारी अधिकृतहरुको उपस्थिती थियो ।
कार्यक्रममा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सहसचिव डा. हरि पौडेलले स्थानिय ऐन मस्यौदा विधेयकका लागि कार्यक्रम प्रभावकारी रहने विश्वास व्यक्त गरे । पोखरा उप–महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले स्वागत मन्तव्य राखेको कार्यक्रममा माननिय सांसद कमल पंगेनी, नेपाल नगरपालिका संघका सचिव कलानीधि देवकोटा, सदस्य भोजराज अर्याल लगायतका व्यक्तित्वले बोलेका थिए ।
नेपाल नगरपालिका संघका सचिवालय सदस्य तथा पोखराका पूर्व मेयर कृष्णको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पोखरा उप–महानगरपालिका कार्यालयका प्रशासन महाशाखा प्रमुख अनन्त प्रसाद कोइरालाले गरेका थिए ।