यो पोखरा उपमहानगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

पोखरा उप-महानगरपालिका कार्यालयको १९ औ नगरपरिषद शुरु

पोखरा उप-महानगरपालिका कार्यालयको १९ औं नगरपरिषद पोखरा सभागृहमा शुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि माननिय स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले शान्तीको प्रतिक परेवा तथा वेलुन उडाएर कार्यक्रमको उद्घाटन गर्नुभएको छ । 
कार्यक्रममा यस क्षेत्रका माननिय सभासदज्यूहरु, राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, प्रशासनिक निकायका प्रमुख तथा प्रतिनिधीहरु, उधोग वाणिज्य संघ पोखराका अध्यक्ष लगायत उधोगी व्यापारीहरु, नागरिक निगरानी समूहका अध्यक्ष, नागरिक समाजका अध्यक्ष तथा प्रतिनिधीहरु, पत्रकार महासंघ कास्कीका अध्यक्ष, एवम् आमा समूह, क्लव,टोल सुधार समिती, पत्रकारहरु लगायत यस क्षेत्रका विभिन्न निकायका सरोकारवालाहरुको उपस्थिती रहेको छ ।