पोखरा उप-महानगर पालिका कार्यालय र शुसासनका लागि नागरिक समाज सुनास कास्की विच भएको सदाचार प्रतिवद्ताको कार्यान्वयन अवस्थाको समिक्षा कार्यक्रम

पोखरा
माघ १५

पोखरा उप-महानगर पालिका कार्यालय र शुसासनका लागि नागरिक समाज सुनास कास्की विच भएको सदाचार प्रतिवद्ताको कार्यान्वयन अवस्थाको समिक्षा कार्यक्रमसुनास कास्कीका अध्यक्ष पुन्य पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
पश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रिय प्रशासकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पोखरा उप-महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बरालले सु-शासन र सदाचारका सवालमा कार्यालयले गर्दै आएका गतिविधीहरु एवम् आगामी दिनका योजनाहरुमाथी प्रस्तुतिकरण राख्नुभएको थियो ।कार्यक्रममा नागरिक समाजका अध्यक्ष राम बहादुर पौडेल, पत्रकार यदुनाथ बञ्जारा,गैसस अध्यक्ष गोपाल खड्का, मानवअधिकारबादी नेता टेकनाथ बराल,टोल समन्वय समिती अध्यक्ष उज्वल खत्री,सनकमान सिके, विष्णु बराल,शिवप्रसाद गौतम् लगायतले नगरपालिकाले पालना गर्नुपर्ने र विशेष ध्यान पुर्‍याउनुपर्ने विषयहरु माथी आ-आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा टान्सपरेन्सी इन्टरनेशनलका उपाध्यक्ष गिता केशरीले सरकारी सेवामा शुसासन प्रतिवद्ता विश्वस्निय हुनुपर्ने तथा यस तर्फ कार्यालयले ठोस कदम चाल्नुपर्ने बताउनु भयाे । यस्तै कास्की जिल्लाका प्रमुख जिल्लाधिकारी कृष्ण बहादुर राउतले सरकारी सेवा सेवाग्राहीसंगै अन्य कानुनी निकाय र प्रकृयामा समेत प्रतिवध्द हुनुका कारणले कहिलेकाहीँ सदाचार कार्यान्वयनका सवालमा ढिला सुस्ती भए झै देखिने भएपनि शुसासन कार्यान्वयनको सवालमा सरकारी सेवा प्रतिवध्द हुनुपर्ने बताउनुभयो ।
सहभागीहरुका सवालहरुमाथी प्रतिवध्दता सहितको प्रतिउत्तरमा पोखरा उप-महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेस बरालले नगरपालिका शु-शासन र सदाचारका सवालमा जिम्वेवार रहेको र सुधार गरेर जानुपर्ने देखिएका स्थानहरुमा थप सुधार गर्दै अघि बढ्ने बताउनुभएको थियो ।