देखिने गरि काम गर्नुस-कार्यकारी अधिकृत अधिकारी

पाेखरा उप-महानगरपालिका कार्यालयमा भर्खरै सरूवा भएर अाउनुभएका कार्यकारी अधिकृत झलकराम अधिकारीले बुधवारदेखि कार्यभार सम्हाल्नुभएकाे छ । कार्यालयकाे पहिलाे दिन नै सम्पूर्ण कर्मचारीहरूलाइ नगरवासीहरूमा देखिने गरि काम गर्नका लागि अावश्यक सुधारकाे निर्देशन समेत दिनुभएकाे छ ।
अधिकारीले सर्वप्रथम कर्मचारीले कर्मचारी हुनुमा गर्व गर्न सक्नुपर्ने र साे का निमित्त अनिवार्य कर्मचारी अाचारसंहिताकाे पालना गर्नुपर्ने,छाडा चाैपाया नियन्त्रणमा नगरपालिकाले तत्काल काम गर्नुपर्ने,करदातालाइ सहज हुने गरि काम थालिने,करसंकलनकाे कामलाइ वडास्तरमा सहजताका साथ पुर्याइने,सरसफाइकाे कार्यलाइ अझ व्यापकता दिनुपर्ने र सवै विभाग, शाखा तथा उपशाखाहरूले ३ महिनाभित्र देखिने गरि गर्न सक्ने कामकाे त्रैमासिक कार्ययाेजना पेश गरि देखिने गरि काम थाल्ने लगायतका निर्देशन दिनुभएकाे छ । वहाँले अान्तरिक छलफल पश्चात अवका केही दिनमै ३ महिने कार्ययाेजना समेत सार्वजनिक गर्ने बताउनुभएकाे छ ।
यस अघि समेत पाेखरा उप-महानगरपालिका कार्यालयकाे कार्यकारी अधिकृतका रूपमा लामाे समय विताइसक्नुभएका अधिकारी करिव १६ महिनापश्चात दाेस्राे पटक कार्यकारी अधिकृतका रूपमा पाेखरा अाउनुभएकाे हाे ।