कर्मचारीलाइ जिम्मेवार बन्न निर्देशन

पाेखरा उप-महानगरपालिका कार्यालयकाे अा.ब.२०७२/०७३ काे अन्तिम चाैमासिक एवम् बार्षिक सार्बजनिक सुनुवाइ कार्यक्रममा पाेखरा उप-महानगरपालिका कार्यालयमा महाशाखा/ शाखाका जिम्मेवार कर्मचारीहरु सम्बन्धित फाँटमा नभेटिँदा सेवा प्रवाह प्रभावित बनेकाे गुनासाे अाएपछि कार्यकारी अधिकृत भीम बहादुर कुवरले कर्मचारीलाइ जिम्मेवार बन्न र अाफ्नाे फाट छाडेर बाहिर निस्कनुपर्दा अनिवार्य लगबुक भर्न निर्देशन दिनुभएकाे छ । 
सेवाग्राहीकाे गुनासाे नअाउने गरि काम गर्न, महाशाखा प्रमुखले कार्यालय बाहिर रहनुपर्दा कार्यालय कामकाे प्रयाेजन खुलाइ कार्यालय प्रमुखकाे अनिवार्य स्विकृती लिनुपर्ने र शाखा प्रमुख एवम् अन्य कर्मचारीले समेत एवम रितले अा-अाफ्नाे महाशाखा, शाखा प्रमुखस‌ग प्रयाेजन खुलाइ स्विकृती लिएर लगबुक भरेर मात्र बाहिर निस्कन निर्देशन दिइएकाे छ । साथै, सार्बजनिक सुनुवाइ कार्यक्रममा अाएका राय, सुझाव, एवम् कार्यालयबाट गरिएका प्रतिबद्धता अनुसार अा-अाफ्नाे महाशाखा, शाखा, अन्तरगत गर्नु गराउनुपर्ने कार्यहरु नगरबासी सेवाग्राहीबाट कुनै प्रकारका गुनासाहरु नअाउनेगरि काम गर्न गराउन समेत निर्देशन भएकाे छ । 
असार २७ गते पाेखरा सभागृहमा सम्पन्न सार्बजनिक सुनुवाइमा फोहरमैला व्यवस्थापन, योजना कार्यान्वयन, कर्मचारीको आचरण,सेवा प्रवाहमा हुने गरेको ढिलासुस्ती, बसपार्कको व्यवस्थापन, सार्वजनिक सम्पदाहरुको संरक्षण, सार्वजनिक जग्गाको अभिलेख एवम् संरक्षण, फुटपाथ व्यवस्थापन, पोखरा सभागृहको संरक्षण, कर्मचारीहरु सम्वन्धित फाँटमा नभेटिँदा सेवा प्रभावित बनेकाे लगायतका गुनासाहरु नगरवासी सेवाग्राहीहरुले गरेका थिए । 

Supporting Documents: