header AD
संक्षिप्त विवरण

पोखरा महानगरपालिकाको संस्थागत विकासको इतिहास वि.सं. २०१६ सालबाट प्रारम्भ भएको हो। वि.सं. २०१६ सालमा १३ वटा वडासहित पोखरा नगरपालिका, नगर पञ्चायतको स्थापना भएको थियो। त्यसपछि वि.सं. २०५२ सालमा पोखरा नगर पञ्चायतको क्षेत्र विस्तार गरी १८ वडासहित पोखरा उपमहानगरपालिकाको रूपमा विकास गरिएको थियो। नेपालमा गणतन्त्र स्थापना भएपछि स्थानीय तहको पुनर्संरचना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले वि.सं. २०७१ मङ्सिर १६ गते पोखरा उपमहानगरपालिका र आसपासका तत्कालीन गाउँ विकास समितिहरूलाई समायोजन गरी २९ वडासहितको पोखरा उपमहानगरपालिका कायम गरिएको थियो।

नेपालको संविधान, २०७२ जारी भई राज्यको संघीय संरचनाअनुसार स्थानीय तहको पुनर्संरचना गर्ने क्रममा साविकको पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका तथा आसपासका विभिन्न गाउँ विकास समितिहरूलाई एकीकृत गरी नयाँ महानगरपालिका गठन गरिएको हो। यस क्रममा मौजा, चापाकोट, कास्कीकोट र पुरञ्चौर गाविसका सम्पूर्ण क्षेत्र तथा भदौरे तामागी गाविसका वडा नं. ३ र ९, माझठाना गाविसका वडा नं. १, ४ र ९ तथा कालिका गाविसका वडा नं. १ र ५ समावेश गरी कुल ३३ वडासहित वि.सं. २०७३ फागुन २७ गते पोखरा लेखनाथ महानगरपालिकाको स्थापना भएको थियो।

त्यसपछि, महानगरपालिकाको नगर सभाको सिफारिसका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं. २०७५ साउन २३ गतेको निर्णय अनुसार पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका कायम गरिएको हो। यसरी ऐतिहासिक, प्रशासनिक तथा भौगोलिक विकासका विभिन्न चरण पार गर्दै पोखरा आज नेपालको प्रमुख महानगरपालिका तथा गण्डकी प्रदेशको राजधानीका रूपमा स्थापित भएको छ।

पोखरा महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि.मि. रहेको छ भने कुल जनसङ्ख्या ५,१३,५०४ (राष्ट्रिय जनगणना २०७८ संक्षिप्त नतिजा) छ। महानगरपालिकाको केन्द्र साविक पोखरा उप-महानगरपालिका कार्यालय नै रहनेछ। पोखरा महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला रहेको छ, उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहुँ जिल्ला रहेको छ।

आधारभूत जानकारी
Gandaki
Kaski
महानगरपालिका
464.24 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 513504
Male 0
Female 0
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website -
Map coordinates not available