FAQs Complain Problems

सूचना

कर्मचारीको वैयक्तिक विवरण फाराम (सिटरोल) सम्बन्धमा।

मितिः २०८२/०९/०७

श्री स्थानीय सेवा (अन्य सेवा समेत) मा कार्यरत सम्पूर्ण कर्मचारीहरु,
पोखरा महानगरपालिका ।

विषयः कर्मचारीको वैयक्तिक विवरण फाराम (सिटरोल) सम्बन्धमा ।

प्रस्तुत विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय (प्रदेश किताबखाना तथा सञ्चार समन्वय शाखा) पोखराको मिति २०८२/०८/१९ को स्थानीय सेवा (अन्य सेवा समेत) को कर्मचारीको वैयक्तिक विवरण फाराम (सिटरोल) दर्ता सम्बन्धी सूचनाको जानकारी भएकै होला । यस महानगरपालिका मातहतमा कार्यरत स्थानीय सरकारी सेवा (अन्य सेवा समेत) का कर्मचारीहरुले वैयक्तिक विवरण (सिटरोल) दर्ताको लागि स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८० को अनुसूची-९ बमोजिम वैयक्तिक विवरण (सिटरोल) फारम चार प्रति भरी तपशिल बमोजिमका कागजातहरुको प्रमाणित प्रतिलिपिहरु संलग्न राखि यथाशिघ्र यस महानगरपालिकाको प्रशासन महाशाखामा पेश गर्नुहुन जानकारीको लागि अनुरोध छ ।

तपशिलः

१. सेवा प्रवेश गर्नुपूर्वको उमेर खुल्ने शैक्षिक योग्यता र राष्ट्रिय परिचयपत्र/नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

२. प्रदेश लोक सेवा आयोगको सिफारिस पत्रको प्रमाणित प्रतिलिपि ।

३. स्थायी नियुक्ति हुँदा पेश गरेको निरोगिता र शपथ ग्रहणको प्रमाणित प्रतिलिपि ।

४. स्थायी नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि ।

५. कार्यालयमा स्थायी नियुक्ति पछि सुरुमा हाजिर भएको जानकारी पत्र ।

६. नियुक्ति पश्चात् अन्य कार्यालयमा सरुवा भएको भए सरुवा पत्र र हाजिर भएको पत्र ।

७. तालिमको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अन्य कागजातको प्रतिलिपि । (अनिवार्य नभएको)

८. यस अघि संघीय निजामती सेवा, कुनै पनि प्रदेशको प्रदेश निजामती सेवा वा स्थानीय सेवामा रही स्थायी पदमा काम गरेको भए सोको विवरण स्पष्टसंग उल्लेख गरी तत् सम्बन्धी कागजातहरु (नियुक्ति तथा हाजिरी भएको पत्र) को प्रमाणित प्रतिलिपि ।

(सहि गर्ने)
कृष्ण प्रसाद तिवारी
उप सचिव(नवौँ तह)

आर्थिक वर्ष: