FAQs Complain Problems

सूचना

फेवाताल किनारमा हालसालै बनाइएका अवैध संरचना हटाउने सम्बन्धी पोखरा महानगरपालिकाको अत्यन्त जरुरी सार्वजनिक सूचना !

फेवातालको मापदण्ड सम्बन्धमा सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन गर्ने क्रममा, महानगरपालिकाबाट फेवातालको जल सतहको उच्चतम बिन्दु पहिचान गरी तालको सीमा स्तम्भद्वारा सिमाङ्कन गर्ने कार्य सम्पन्न भइसकेको छ । सिमाङ्कन कार्य पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार तथा नेपाल सरकारको संयुक्त पहलमा सम्पन्न भएको ब्यहोरा सबैमा अवगत नै छ ।

सिमाङ्कन सम्पन्न भइसकेपछि पनि सम्मानित सर्वोच्च अदालतबाट कायम गरिएको जल सतहको उच्चतम बिन्दु ताल घर र सोबाट ६५ मिटर भित्र पर्ने क्षेत्रमा रातारात घर, टहरा लगायतका संरचना निर्माण गरिएको पाइएकाले यसतर्फ महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
सिमांकन् पूर्व निर्माण भएका संरचनाहरू सर्वोच्च अदालतको आदेश बमोजिम हुने भएकाले तालको उच्चतम विन्दुबाट ६५ मिटर भित्र नयाँ संरचना निर्माण गर्न÷गराउन महानगरपालिकाले पटक पटक आग्रह गर्दै आइरहेको छ । अटेर गरी सिमाङ्कन पश्चात् निर्माण गरिएका सम्पूर्ण अनधिकृत संरचनाहरू यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र हटाउनुहुन सम्बन्धित निर्माणकर्तालाई सूचित गरिन्छ ।

तोकिएको समयभित्र संरचना नहटाएमा महानगरपालिकाले कानुन बमोजिम हटाउनेछ भने, हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर तथा सरकारी बाँकी सरह कारबाही हुने ब्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना जारी गरिएको छ ।
साथै, ६५ मिटर क्षेत्रभित्र पर्ने जग्गाको वर्गीकरण (मुआब्जा पाउने वा दूषित बदर हुने कित्ता) सम्बन्धी कार्य अन्तिम चरणमा रहेको ब्यहोरा समेत जानकारी गराइन्छ ।

आर्थिक वर्ष: