सूचना
विषयः वर्षायामजन्य विपद् तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन सम्बन्धमा।
विषयः वर्षायामजन्य विपद् तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन सम्बन्धमा।
जल तथा मौसम बिज्ञान बिभागका अनुसार मुलुकका विभिन्न भागमा अति भारि वर्षाको पूर्वानुमान गरिएको
छ जसको कारण अत्यधिक वर्षा, बाढी, पहिरो, डुबान लगायत विपद्जन्य घटनाबाट उत्पन्न हुन सक्ने आकस्मिक
स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै यस पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखाले स्वास्थ्य सेवा
व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक तयारी गरेको छ।
यस अवधिमा महानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूलाई नियमित तथा आकस्मिक स्वास्थ्य सेवा
निरन्तर सञ्चालनमा राख्न, उपलब्ध स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक
स्रोत–साधन परिचालन गर्न निर्देशन दिइएको छ। आवश्यकताअनुसार स्वास्थ्यकर्मी तथा सम्बन्धित जनशक्ति
परिचालन गरी नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
नगरवासीहरूलाई स्वास्थ्य सम्बन्धी आकस्मिक समस्या, विपद्जन्य चोटपटक वा अन्य आपत्कालीन अवस्था
परेमा नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्य महाशाखाको निम्न नम्बरमा सम्पर्क गरी सेवा लिनुहुन हार्दिक
अनुरोध गरिन्छ।
आपत्कालीन सम्पर्क विवरण:
आरआरटी (RRT) सम्पर्क व्यक्ति : बिष्णु राज घिमिरे (ज.स्वा.नि.) ९८४६५१८७२४
“स्वास्थ्य संकटमा तुरुन्तै खबर गरौँ, अमूल्य जीवनको रक्षा गरौँ।”
