FAQs Complain Problems

मृतक संगको नाता प्रमाणित

लाग्ने समय: 
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपी

२) हकदारको नागरिकता प्रमाण पत्रको प्रतिलिपी

३) मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी

४) मृतकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी

५) हकवाला नाबालक भए जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी

६) बसाईं सराई आएको हकमा बसाईं सराईको प्रतिलिपी

७) हकदारहरुको पासपोर्ट साइजको फोटो ४ प्रति

८) स्थानीय सर्जमिन मुचुल्का

९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन तयार गर्ने

६) निवेदकले तोकिएको शुल्क बुझाउने

७) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने