FAQs Complain Problems

सूचना

ग्यालरी

महानगर मेयर सम्मेलन : महानगरका लागि छुट्टै ऐन, संस्थागत कानुनी व्यवस्था, महानगर नीति योजना आयोग ।

मिति: 10/12/2022 - 12:39
, , , , , , , , ,

नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेतवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले स्विकार गरेको प्रमुख आचार्यले बताउनुभयो ।

मिति: 10/12/2022 - 12:30
, , ,

भेटघाटका क्रममा पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखरामा पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान लगायतका विविध विषयमा छलफल भएको छ ।

मिति: 10/12/2022 - 12:27

पर्यटकीय बसपार्क, गल्फ कोर्स रहेको जग्गा र यातायात कार्यालय पछाडिको जग्गा भाडामा लगाउने विवादास्पद् सम्झौता पोखरा उपत्यका नगरविकास समितिको १६९ औं बैठकले खारेज गरेको छ । छानविन समितिले बुझाएको प्रतिवेदनलाई आधार मान्दै समितिले यस सम्बन्धि थप अनुसन्धान गर्र्दै कारबाहीका लागि अख्तियार र नेपाल प्रहरीलाई अनुसन्धान गर्न सिफारिस गरेको छ । उपत्यका नगर विकास समितिका अध्यक्ष एवं महानगरका प्रमुख धनराज आचार्य ज्युसहित समितिका सदस्य ज्युहरु र छानविन समितिले बुझाएको प्रतिवेदनका साथै उपत्यका नगर विकास समितिको बैठकका निर्णय सार्वजनिक गर्न भएको सानो पत्रकार भेटघाट कार्यक्रमका झलक

मिति: 10/12/2022 - 11:54
, ,

पोखरा महागरपालिका वडा नम्बर २१ का किसानको पाखोबारीमै पुगेर किसानका समस्या र सम्भावना बुझ्दै महानगरका प्रमुख धनराज आचार्य ज्यु, साथमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल ज्यु र कृषि महाशाखा प्रमुख मनहर कडरिया ज्यु ।

मिति: 10/12/2022 - 11:50
, , ,

राष्ट्रबैंक चोक स्थित पर्यटकीय बसपार्कको स्वामित्व पोखरा महानगरपालिकाले सञ्चालन गर्नेगरि पोखरा उपत्यका नगरविकास समतिलाई प्राप्त भएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा स्वामित्व हस्तान्तरण गर्नुहुँदै माननीय मन्त्री जीवनराम श्रेष्ठ ज्यु र स्वामित्व ग्रहण गनुहुँदै महानगर प्रमुख धनराज आचार्य ज्यु । साथमा पर्यटन मन्त्रालयका सचिव महेश न्यौपानेज्यु र पर्यटन विभागका निर्देशक तारानाथ अधिकारी ज्युसहित सहभागी ज्युहरु ।

मिति: 10/12/2022 - 11:42

महानगर प्रमुख धनराज आचार्य ज्यु, महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ र इपीआई र एफसीडीओका रिचार्ड क्राग, राम खड्का, इलेनोर ब्रेनब्रिज, कबिन्द्र सुब्बा, पवन लोहोनी, हिरामणि घिमिरे, ब्राउस पोलोक बीच मेयर ज्युको कार्यकक्षमा भेटवार्ता भएको छ । (प्राइभेट पार्टनरसिप फोकल पर्सन इ.महेन्द्र गोदारज्युका अनुसार सहकार्यमा भएका कामको समिक्षा भएको छ । इपीआई र एफसीडीओले पोखरामा सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन, नियम र कानुन तथा विडिङ डकुमेन्टहरु तयार गर्नका लागि सहयोग गर्दै आएको छ । कास्कीकोट, सराङकोट, ठूलाकोट दिपाङ ताल र बसुन्धरा पार्कको पर्यकीय गुरुयोजना निर्माणमा यो संस्थाले सहयोग गरेको छ) 

मिति: 10/12/2022 - 11:38

प्रमुख ज्युले पोखराको पर्यटन क्षेत्र लगाएत अन्य ब्यबसायिक क्षेत्रमामा सहजढंगले लगानी गर्न आग्रह गर्नुभएको छ । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल सँञचालनमा आउने समय सँगै अन्य पुर्वाधार निर्माणमा सम्पुर्ण पोखरा लागिरहेको जानकारी दिदै बैङ्किङ क्षेत्र ले सकारात्मक सहयोग गर्न आग्रह गर्नु भयो। कार्यक्रममा सहभागी सबै सिईयो ज्यु हरुले सो आग्रह लाई सकारात्मक ढङले लिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

मिति: 10/12/2022 - 11:24
,

साइक्लिङ प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना, साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा शनिबार भएको पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा सहभागी भएर हौसला प्रदान गर्नुहुँदै महानगरका प्रमुख धनराज आचार्य ज्यु, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल ज्यु र वडा नम्बर १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाज्यु सहित सहभागी अतिथिज्युहरु ।

मिति: 10/11/2022 - 14:11

सहरी विद्युत् वितरण प्रणाली सुदृणिकरण र सहरी सौन्दर्यीकरण कार्यक्रमका लागि लेखनाथ सब स्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न एडिबीसँग नेपाल विद्युत् प्राधिकरणले सम्झौता गरेर अब केही दिनमा काम नै सुरु हुँदै छ । पोखराको सहरी विद्युतिकरण अन्तर्गत सडक बत्ती जडानका लागि पोखरा महानगर र नेपाल विद्युत् प्राधिकरणका बिचमा यस अगाडि नै सम्झौता भएर पोखरा महानगरले आफ्नो तर्फबाट ५ करोड रुपैयाँ भुक्तानी दिइसकेको छ । यसको काम शीघ्र रूपमा अगाडि बढाउने, पोखराको जिरो किलोमिटर देखि फेदीसम्म सडक बत्ति जडानका लागि नयाँ ढंगले अगाडि बढ्ने र मुख्य बजार क्षेत्रमा विद्युत् भूमिगत गर्ने विषयमा पोखरा महानगर

मिति: 10/11/2022 - 14:01

सडकका खाल्डाखुल्डी टाल्ने अभियान सुरु भएको छ । महानगर अन्तर्गतका सबै मुख्य सडक र सहायक सडकमा यो अभियान चल्ने छ ।

मिति: 10/11/2022 - 13:57
,

मिति २०७९ साल जेठ २७ गते शुक्रबारका दिन स्थानिय प्रशासन र महानगरपालिका का मेयर, उप मेयर को सक्रियतामा सडक विभाग र पोखरा महानगरपालिकाले संयुक्तरूपमा ढलहरू सर-सफाई गर्ने अभियान सुरुवात गरिएको छ ।

मिति: 10/11/2022 - 13:54
, , , , , , , , ,

We were delighted and honoured to discuss issues regarding waste management with Ms. Kanni Wignaraja - UN Assistant General Secretary , Mr. Sunghoon Ko - Country Director of KOICA , Ms. Ayshanie Medaqanqoda-labe - UNDP Resident Representative, H.E Gilles Bourbao - French Ambassador to Nepal and other respected delegates.

The "Green Job Creation through Recycling and Upcycling Project" ensures to create jobs through waste management.

मिति: 10/11/2022 - 13:50
, , , , , ,

पोखरा बसपार्कको नाला निर्माण कार्यको शिलान्यास गर्दै गण्डकी प्रदेशका सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र मेयर धनराज आचार्य। पोखरा बसपार्कको अबलोकन गर्दै वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र स्थानीयका साथमा मेयर धनराज आचार्य । जुन बसपार्कका लागि विगत ४७ वर्ष अगाडि नै जग्गा अधिग्रहण गरिएपनि अहिलेसम्म निर्माण हुन सकेको छ्रैन । अब तीन वर्षभित्र सिटी बसपार्कको रुपमा सुविधान सम्पन्न बसपार्क निर्माण गर्ने मेयर आचार्यको संकल्प छ ।

मिति: 10/11/2022 - 13:42
पोखरा बसपार्कको नाला निर्माण कार्यको शिलान्यास गर्दै गण्डकी प्रदेशका सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र मेयर धनराज आचार्य।, पोखरा बसपार्कको अबलोकन गर्दै वडा नम्बर ९का वडाध्यक्ष दीपेन्द्र मर्सानी र स्थानीयका साथमा मेयर धनराज आचार्य । जुन बसपार्कका लागि विगत ४७ वर्ष अगाडि नै जग्गा अधिग्रहण गरिएपनि अहिलेसम्म निर्माण हुन सकेको छ्रैन । अब तीन वर्षभित्र सिटी बसपार्कको रुपमा सुविधान सम्पन्न बसपार्क निर्माण गर्ने मेयर आचार्यको संकल्प छ ।, पोखरा बसपार्कको नाला निर्माण कार्यको शिलान्यास गर्दै गण्डकी प्रदेशका सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र मेयर धनराज आचार्य।
मिति: 10/11/2022 - 13:33
, , , , , , , , ,
मिति: 02/21/2022 - 09:13
, , , , , , , ,
मिति: 09/09/2018 - 13:29
मिति: 08/08/2018 - 16:34
मिति: 08/08/2018 - 16:33

फिर्केकाे रेखाङ्कन शुरु, मापदण्डमा पर्ने संरचना भत्काइने |

मिति: 03/14/2018 - 19:08
, ,

वि. सं. २०५२ माघ १८ गते उप-महानगरपालिका घोषित पोखराकाे क्षेत्रफल २२५.६५ वर्ग कि. मी. थियाे । वि. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घाेषणा भएकाे  पोखरा-लेखनाथ महानगरपालिकाकाे क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ भने कुल जनसंख्या ४,१४,१४१ छ |  महानगरपालिकाको केन्द्र साबिक पोखरा उप-महानगरपालिका कार्यालय नै रहनेछ | पाेखरा लेखनाथ महानगरपालिका, पोखरा उप-महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९ ), कास्कीकोट माझठाना ( १,४,९ ) कालिका ( १,५ ) र पुरन्चौर गा. बि .स.

मिति: 01/16/2018 - 13:55