FAQs Complain Problems

सूचना

पोखरा महानगरपालिका को श्रोत नक्शा

वि. सं. २०५२ माघ १८ गते उप-महानगरपालिका घोषित पोखराकाे क्षेत्रफल २२५.६५ वर्ग कि. मी. थियाे । वि. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घाेषणा भएकाे  पोखरा-लेखनाथ महानगरपालिकाकाे क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ भने कुल जनसंख्या ४,१४,१४१ छ |  महानगरपालिकाको केन्द्र साबिक पोखरा उप-महानगरपालिका कार्यालय नै रहनेछ | पाेखरा लेखनाथ महानगरपालिका, पोखरा उप-महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९ ), कास्कीकोट माझठाना ( १,४,९ ) कालिका ( १,५ ) र पुरन्चौर गा. बि .स. मिलि कुल ३३ वटा वडामा विभाजित छ । पोखरा-लेखनाथ महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहु जिल्ला रहेको छ |

आर्थिक वर्ष: