सूचना
जन्म मिति प्रमाणित
लाग्ने समय:
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
५०
आवश्यक कागजातहरु:
१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी
२) नाबालकको हकमा जन्म दर्ता प्रमाणित प्रतिलिपी
३) बसाईं सरि आएको भए सो को प्रमाण पत्र
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रक्रिया:
१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने