FAQs Complain Problems

सूचना

घर जग्गा नामसारी सिफारिस

लाग्ने समय: 
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन

२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३) मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी

४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी

५) सर्जमिन मुचुल्का गरि बुफ्नुपर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण

   पत्रको प्रतिलिपी

६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर

   तिरेको रसिद

प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

७) कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिइनेछ ।