FAQs Complain Problems

जग्गा दर्ता सिफारिस

लाग्ने समय: 
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रति रोपनी २५००
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र

२) नागरिकता प्रमाण पत्रको प्रतिलिपी

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) साविक लागत प्रमाणित प्रतिलिपी

५) फिल्ड बुक उतार

६) स्थलगत निरीक्षण प्रतिवेदन

७) जग्गाको नापी नक्सा

८) जग्गासंग सम्बन्धित अन्य प्रमाण कागजात

९) स्थानीय सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने