सूचना
दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस फरक जन्ममिति संशोधन सिफारिस
लाग्ने समय:
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३००
आवश्यक कागजातहरु:
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर
तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का माग गर्न सक्ने
प्रक्रिया:
१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने