FAQs Complain Problems

घर कायम सिफारिस

लाग्ने समय: 
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 

१) घर कायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन

२) नागरिकता प्रमाण पत्रको प्रतिलिपी

३) जग्गा धनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपी

४) स्थलगत प्रतिवेदन

५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर

   तिरेको रसिद

प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने