FAQs Complain Problems

सूचना

नागरिकता प्रतिलिपी सिफारिस

लाग्ने समय: 
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र आमा÷ बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपी

२) जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी

३) विवाहित महिलाको हकमा पति÷आमा÷बुबाको नागरिकता प्रमाण पत्रको

   प्रतिलिपी

४) चारित्रिक प्रमाण पत्रको प्रतिलिपी (विद्यार्थीको हकमा)

५) विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी (विवाहितको हकमा)

६) बसाईं सरि आएको हकमा बसाईं सराईको प्रमाण पत्रको प्रतिलिपी

७) दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति

८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर

   तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

९) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको सिफारिस

१०) प्रतिलिपी नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपी

प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

७) तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने